काठमाडौं । हास्य कलाकार हुँदै अभिनयको क्षेत्रमा विविधता पस्कन माहिर बनेका अभिनेता जीतु नेपालले निर्माण गरेको पहिलो चलचित्र आई एम जीतबहादुरको प्रथम कोसेली दर्शकमाझ आएको छ । सार्वजनिक गरिएको चलचित्रको टिजर निकै आकर्षक बनेको छ भने दर्शकले रुचाएका छन् ।
भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको चलचित्रमा गाउँबाट कलाकार बन्न सहर पसेर संघर्ष गर्ने साधारण युवाको कथा रोचक शैलीमा प्रस्तुत गरिएको छ । जीतु नेपालको प्रमुख भूमिका रहेको यस चलचित्रमा उनको जोडीका रुपमा अभिनेत्री वर्षा राउतले अभिनय गरेकी छन् । चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनालसहित अन्य चिरपरिचित कलाकारलाई समेत विशेष भूमिकामा देख्न सकिन्छ ।
कर्मभूमि क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा निश्चल कँुवर र निरज नेपाल कार्यकारी निर्माताका रुपमा रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारीले जीतुलाई निर्माताका रुपमा सघाएका छन् । भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेको चलचित्र २०८३ सालको असार महिनाभित्र प्रर्दशन गर्ने लक्ष्य राखिएको छ ।
दर्शकमाझ आई एम जीतबहादुरको पहिलो कोसेली

प्रकाशित : बिहिबार, चैत १२, २०८२१३:०२






