‘कंगाल करोडपति’बाट सलिना तामाङको डेब्यू, मुकुनसँग जोडी

काठमाडौं । अभिनेता मुकुन भुसालको अपोजिट आगामी नेपाली फिल्म ‘कंगाल करोडपति’ मा अभिनेत्री सलिना तामाङ मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। निर्देशक राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्ममार्फत सलिनाले नेपाली रजतपटमा डेब्यू गर्न लागेकी हुन्। निर्माण टिमका अनुसार सलिनाले यसै महिना फिल्मसँग औपचारिक सम्झौता गरेकी हुन्। फिल्ममा मुकुन भुसाल र सलिना तामाङ पहिलो पटक जोडीका रूपमा पर्दामा देखिनेछन्। फिल्ममा अनुबन्धित भएपछि सलिनाले ‘कंगाल करोडपति’ आफ्नो अभिनय यात्राको सुरुआतका लागि उपयुक्त परियोजना भएको बताएकी छन्।

उनले भनिन्, “यस फिल्ममार्फत एउटा सशक्त पात्र निर्वाह गर्ने अवसर पाउँदा निकै उत्साहित छु। मेरो अभिनय र फिल्मलाई दर्शकले धेरै माया र साथ दिनुहुनेछ भन्ने विश्वास लिएकी छु।” सलिनाले भारतको मुम्बईस्थित द एक्टर्स ट्रुथ मा बलिउडका चर्चित अभिनय प्रशिक्षक तथा अभिनेता सौरभ सचदेवासँग अभिनय प्रशिक्षण लिएकी हुन्। सचदेव रणवीर कपूर अभिनीत सुपरहिट फिल्म ‘एनिमल’ लगायत विभिन्न चर्चित हिन्दी फिल्ममा अभिनय गरिसकेका कलाकार हुन्।

प्रकाशित : मङ्गलबार, असार १६, २०८३१६:२९

‘झिंगे दाउ २’को भावुक गीत ‘महिमा आमाको’ सार्वजनिक