काठमाडौं । चर्चामा रहेको फिल्म ‘बिगुल’ को प्रचारप्रशार आक्रामक हुदै गएको छ । फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आउने फिल्मको टिमले एक साताब्यापी पश्चिम नेपाल दर्शक साक्षात्कार कार्यक्रम मंगलबार समापन गरेको छ । केही साताअघि पूर्वी नेपालका बिभिन्न स्थानमा दर्शकसँग प्रत्यक्ष भलाकुसारी गरेको ‘बिगुल’ ले यसपालि भने बुटवल,भैरहवा,दाङ,कोहलपुर,नेपा
पूर्वी नेपालका बिराटनगर,इटहरी,धरान,दमक,बिर्ता
अभिनेता नरेनले ‘बिगुल’ ले हरेक उमेर,बर्ग र समूदायका दर्शकलाई आकर्षित गर्ने बिश्वास ब्यक्त गरे । ‘बुटवल,भैरहवा,दाङ,कोहलपुर,नेपा
म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको फिल्ममा नरेन खड्काका साथमा बेनीशा हमाल,रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,नवअभिनेत्री मीरा पण्डित,मानश्री शर्माका साथमा रबिन्द्र खड्काको अभिनय रहेको छ । महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको फिल्मको पटकथा र सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिब ढकालको छायाङकन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्म तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका हुन् । फिल्म राजधानीभित्र काफिया फिल्म्स् र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।
‘बिगुल’ ले गर्यो पश्चिम नेपालको भ्रमण

प्रकाशित : शुक्रबार, माघ १६, २०८२१६:२२






