डी सिने अवार्ड भब्य रुपमा सम्पन्न, निरुता र ज्ञानेन्द्रलाई रजत सम्मान

काठमाडौं । छाँयाछवी क्रिएसनको आयोजनामा निरन्तर आयोजना हुँदै आइरहेको डी सिने अवार्डको १७ औं संस्करण बिहीबार राजधानीमा सम्पन्न भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन, प्रवद्र्धन एवं सम्वद्र्धन गर्न आयोजना गरिएको अवार्डले सम्पूर्ण चलचित्र उद्योग र चलचित्रकर्मीहरूलाई प्रोत्साहित गरिरहेको छ ।
यस पटकको डी सिने अवार्डमा चलचित्रकर्मी रजत सम्मान विशेष आकर्षणका रुपमा रह्यो । यस संस्करणमा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह सम्मानित भए । यस्तै रेखा फिल्म्स छाँयाछवी चलचित्र पत्रकारिता पुरस्कारबाट रंग पत्रकार सचित खड्का पुरस्कृत भए । कार्यक्रममा विभिन्न कलाकर्मीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कलाकर्मी हाँस्य कलाकार गोपाल ढकाल छन्दे अभिनेत्री तेजुला खतिवडा, कलाकार गीता नेपाल, गायिका मीना नेपाली सम्मानित भए भने कार्यक्रममा व्यवसायी एवं समाजसेवी विश्वराम माकजुलाई पनि सम्मान प्रदा गरियो ।
कार्यक्रममा छनोट समितिलाई पनि सम्मान प्रदान गरिएको थियो । जुरीका रुपमा पत्रकार नुमा कान्त पौडैल, निर्देशक अमर वली एवं संयोजकका रुपमा निर्देशक कमल एक्चै मगर सम्मानित भए । अवार्ड समारोहमा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अवार्डको औचित्य एवं यसले पार्ने प्रभावका बारेमा चर्चा गरेका थिए । सोही अवसरमा कार्यक्रमका अध्यक्ष शान्तिप्रियले १७ औं संस्करणसम्म आइपुग्दा डी सिने अवार्डको आरोह अवरोहको बारेमा प्रकाश पारे । अवार्ड समारोहमा चलचित्र क्षेत्रका विभिन्न संघ संस्थाका अध्यक्ष एवं पदाधिकारीहरु उपस्थित थिए भने चलचित्रकर्मी एवं चलचित्र पत्रकारहरुको पनि उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा मोडेल कलाकार अस्मिता पुरीले नृत्य प्रस्तुत गरिन भने कार्यक्रमको उद्घोषण निराजन भण्डारीले गरेका थिए ।
२०८१ मा रिलिज भएका चलचित्रहरुमा आधारित १७ औं संस्करणको डी सिने अवार्डमा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड क्रमशः पूर्ण बहादुरको सारङ्गीका लागि विजय बराल एवं बेहुली फ्रम मेघौलीका लागि स्वस्तिमा खड्काले पाउन सफल भए । उत्कृष्ट चलचित्र अञ्जिला बन्न सफल भयो । निर्देशकका रुपमा अञ्जिलाबाटै मिलन चाम्स पुरस्कृत भए ।
१७ औं डी सिने अवार्ड विजेताहरु यस प्रकार रहेका छन् ।
उत्कृष्ट चलचित्र :
अञ्जिला – मुन लभ इन्टरटेनमेन्ट प्रा. लि
उत्कृष्ट निर्देशक:
मिलन चाम्स – अञ्जीला
उत्कृष्ट अभिनेता:
विजय बराल – पूर्ण बहादुरको सारङ्गी
उत्कृष्ट अभिनेत्री:
स्वास्तिमा खड्का – बेहुली फ्रम मेघौली
उत्कृष्ट सह अभिनेता:
जीतु नेपाल – कार्साङ
उत्कृष्ट सह अभिनेत्री:
ऋचा घिमिरे – तेल भिसा
उत्कृष्ट चरित्र अभिनय:
राजबल्लभ कोइराला – एक्टर टेक वान
उत्कृष्ट नव निर्देशक:
चन्द्र पन्त – ह्रस्व दीर्घ
उत्कृष्ट लेखन:
लक्ष्मण सुवेदी – सतिदेवी
उत्कृष्ट छायांकार:
पुरुषोत्तम प्रधान – पिताम्बर
उत्कृष्ट सम्पादक:
वन्दे प्रसाद – पिताम्बर
उत्कृष्ट गीतकार:
सुरेन्द्र राना – रुकुम मैकोट – खुश्मा
उत्कृष्ट संगीतकार:
अर्जुन पोखरेल – कसम बत्तिको – ज्वाइँ साब
उत्कृष्ट गायक:
सविन सुवेदी – बिहे भाको छैन – छक्का पञ्जा ५
उत्कृष्ट गायिका:
बेनीशा पौडेल – बिहे भाको छैन – छक्का पञ्जा ५
उत्कृष्ट द्वन्द्व निर्देशक:
अष्ट महर्जन – एक्टर टेक वान
उत्कृष्ट नृत्य निर्देशक:
रामजी लामीछाने – जुनिजुनि भरिलाई – दुखी आत्मा
उत्कृष्ट जुरी अवार्ड:
कृषा चौलागाई – पिताम्बर
उत्कृष्ट डायोस्पोरा चलचित्र:
शंकर घिमिरे – तेलभिसा

प्रकाशित : शुक्रबार, जेठ २२, २०८३१२:१५

‘कंगाल करोडपति’बाट सलिना तामाङको डेब्यू, मुकुनसँग जोडी