काठमाडौं । स्वर्गीय मोडल दीपाशा बीसीको स्मृतिमा स्थापना गरिएको दीपाशा स्मृति पुरस्कार यस वर्ष मोडल तथा म्युजिक भिडियो कलाकार सञ्चिता शाहीलाई प्रदान गरिएको छ । ११ हजार एक रुपैयाँको नगद राशि, सम्मान पत्र, दोसल्लासहितको यो पुरस्कार छायाँछवि क्रियसनद्धारा आयोजजना गरिएको१२औं संस्करणको छायाँछवि तीज म्युजिक अवार्ड २०८२ को अवसरमा प्रदान गरिएको हो । यो पुरस्कार गत वर्ष मोडल तथा कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो ।
त्यसैगरी १२औं छायाँछबि तीज म्युजिक अवार्डमा गायिका गीता भट्टराई, गायिका तथा अभिनेत्री सारिका घिमिरे, गायिका अञ्जु श्रेष्ठ, सौन्दयकर्मी संगीता राना मगर एवं अप्सना नेवा हायुलाई छायाँछबि तीज नारी सम्मान प्रदान गरिएको छ । साथै यसै पटक तीज नारी डायस्पोरा सम्मान समेत प्रदान गरिएको छ । यस पटक यो सम्मानबाट अमेरिका बोस्टन निवासी गायिका शुशीला बस्नेत तिमिल्सिनालाई प्रदान गरिएको हो । यी सम्मान आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु¥याए बापत प्रदान गरिएको आयोजक छायाँछबि क्रिएसनका अध्यक्ष शान्तिप्रियले बताए ।
नेपाली चलचित्र तथा गीत संगीतको प्रबद्र्धनमा बिगत लामो समयदेखि सक्रिय रहेको छाँयाछवि क्रिएसनले नेपाली कलाकारिता क्षेत्रमा कार्य गर्दै आएका नयाँ तथा पुराना कलाकारहरूलाई सम्मान, प्रोत्साहन तथा हौसला प्रदान गर्दै आइरहेको छ ।
दीपाशा स्मृति छायाँछवि पुरस्कार सञ्चितालाई

प्रकाशित : शुक्रबार, भदौ ०६, २०८२१७:४५