काठमाडौं । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा आयोजना हुन लागेको पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव NERUFFÚ को प्री–इभेन्ट सोमबार राजधानीमा सम्पन्न भएको छ । महोत्सव २०८३ वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुनेछ ।
प्री–इभेन्ट कार्यक्रममा छनोट भएका १७ चलचित्रलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी लगायत विभिन्न चलचित्रकर्मीहरूको उपस्थिति थियो ।
कार्यक्रममा महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘हिमाल, पहाड, तराई—कोही छैन पराई’ भन्ने मूल नारासहित गाउँ–गाउँमा नेपाली सिनेमा पु¥याउने उद्देश्यले यसअघि गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा महोत्सव आयोजना भइसकेको छ । यसपटक भने महोत्सव पहिलोपटक तराई क्षेत्रमा हुन लागेको हो ।
सेलिब्रेटी नेपालका अध्यक्षसमेत रहेका सापकोटाका अनुसार ग्रामीण कथा र मधेशी संस्कृतिमा आधारित चलचित्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले सर्लाहीमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवका लागि ग्रामीण कथावस्तुमा आधारित फिचर, सर्ट तथा विभिन्न भाषाभाषीका ५० भन्दा बढी चलचित्र आवेदन परेका थिए, जसमध्ये १७ वटा चलचित्र छनोट गरिएको हो । महोत्सवमा प्रदर्शन हुने सबै चलचित्र दर्शकले निःशुल्क हेर्न पाउनेछन् ।
फिचर फिल्मतर्फ ‘सिटामोल’, ‘कोशेढुंगा’, ‘माइतीघर’, ‘मोहर’ र ‘गुन्युचोलो’ छनोटमा परेका छन् । नेपाली मौलिक चलचित्रप्रति दर्शकको आकर्षण बढाउने, नियमित रूपमा चलचित्र हेर्ने संस्कारको विकास गर्ने, ग्रामीण कथामा आधारित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए ।
पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवको तयारी पूरा

प्रकाशित : सोमबार, बैशाख १४, २०८३१५:१४






