हास्य कलकार तथा गायक मदनकृष्ण श्रेष्ठले आसन्न प्रतिनिधीसभा चुनावपछि होश भएका र जोश भएकाहरु मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन्।
बालबालिकाको डान्स रियालीटी शो नेशन्स् गट ट्यालेन्ट ः राष्ट्रको प्रतिभा, सिजन २ को अतिथीका रुपमा पुगेका हास्यकलाकार श्रेष्ठले होश भएका र जोश भएकाहरु मिलेर अगाडि बढ्नु पर्ने सुझाएका हुन्। शोका क्रममा भक्तपुरकी जलाधी खड्काले जेनजी प्रदर्शनको समयमा प्रहरीमाथि भएको आक्रमण, धनजनको क्षती तथा त्यसपछि बृद्धी भएका आपराधिक र असामाजिक गतिविधिको रोकथाम गर्न प्रहरी नै अघि बढेको विषयमाथि प्रस्तुत गरेको मार्मिक अभिनयात्मक नृत्य प्रस्तुतिपछि मदनकृष्णले आंशुमात्र झारेनन्, प्रहरीबीना समाज र देश अगाडि बढ्न नसक्ने पनि जनाए। सँगसँगै जनताले सधैँ एकै नेतालाई हेर्न नचाहेको पनि बताए। ‘अस्तिको जेनजी आन्दोलनले नेपाललाई नयाँ मोडमा ल्याईदिएको छ। समय बलवान् छ। मानिसले सधैंँ एउटै नेतालाई हेर्न चाहँदैन। अब चुनावबाट आउनेहरु जोश हुनेहरुसँग होश नुहन सक्छ, होश हुनेसँग जोश नहुन सक्छ। अब होश भएको र जोश भएकाहरु मिलेर अगाडि बढ्यो भने राम्रो हुन्छ भन्ने लाग्छ’ मदनकृष्णको धारणा थियो।
कार्यक्रममा नेशन्स् गट ट्यालेन्टकी वरिष्ठ निर्णायक तथा अभिनेत्री मिथिला शर्माले त्यो मानविय स्वभाव भएको बताइन्। ‘यो मानविय स्वभाव हो मदन दाई। दिनमात्र पनि हामी सहन सक्दैनौँ। दिनै दिनमात्र पनि हामीलाई चाहिँदैन, रातै रात पनि हामीलाई चाहिँदैन। हामीलाई मिर्मिर विहानी पनि चाहिन्छ, गोधुली साँझ पनि चाहिन्छ।’
जलाधीले प्रहरीको भूमिकाका साथ प्रस्तुत गरेको नृत्यमा अतिथी निर्णायक मदनकृष्ण श्रेष्ठका साथमा नियमित निर्णायकहरु अभिनेत्रीद्धय मिथिला शर्मा र नीता ढुंगाना तथा छमछमी नृत्य प्रतियोगिताका विजेता सरोज प्रजा चारैजनाले स्ट्यान्डिङ अबिएसन दिएका थिए। मदनकृष्णले त लामो समयसम्म आँखाबाट आँशु नै झारे।
‘मैले अस्ति मंगलबजारमा पनि योखालको प्रस्तुति हेरेको थिएँ। त्यो बेलामा पनि मेरो आँखाबाट एकदमै आँशु बगेको थियो। त्यसमा पनि प्रहरीको दुःख देखाइएको थियो। प्रहरी भनेको हाम्रो साथी पनि हो, अभिभावक पनि हो, शिक्षक पनि हो, मर्यादापालक पनि हो। बेला बेलामा न्यायधिश पनि हो। पुलिसबिनाको जिन्दगीमा हामी कल्पनै गर्न सक्दैनाँै’ मदनकृष्णको भनाई थियो ‘पुलिस बिना हाम्रो समाज बडा खतरा हुन्छ। ज्यान, धनसम्पती जोखिममा हुन्छ। पुलिस भनेको अपजसी पनि छ। काम गरेर कहिल्यै जस पाउँदैन। एक दुई खराब पनि होलान्। त्यो जताततै हुन्छ। प्रहरीको मनोबल जहिले पनि उच्च हुनुपर्दछ। अस्तिको आन्दोलनमा पुलिस एकदम अप्mटेरो अवस्थामा परेको थियो।’ मदनकृष्णले लगातार आँखाबाट आँशु झारीरहेपछि जलाधिले पनि आँशु बगाउँदै आग्रह गरिन् ‘सर प्लीज डन्ट क्राइ।’
अभिनेत्री नीता ढुँगानको प्रतिक्रिया थियो ‘जलाधिको पर्पmमेन्समा हामी उठ्यौ, ताली बजायौँ।, कन्सेप्ट एकदमै राम्रो थियो। अस्तिको प्रोटेस्टलाई लिएर बनाएको रहेछ। यो प्रोटेस्टमा प्रहरीको महत्व साँच्चिकै बुझेको व्यक्तिमा म पनि पर्छु। चाहे पोल्टिक्समा होस् या हामी जनताबाट कहिल्यै जस नपाउने भनेको पुलिस हो।’
अभिनेत्री मिथिला शर्माले थपेकी थिइन् ‘शान्ति सुरक्षा कटिवद्धता भनेर एउटा नेपाली छोरा वा छोरी अगाडि बढ्दा उनीहरुको काँधमा अरुको पनि भविष्य हुन्छन्। त्यसलाई बिर्सेर अहोरात्र खटिने कर्मठ सुरक्षा निकायलाई नमन गर्दछु। हामी ज्यान जोखिममा राखेर आप्mनो आमालाई दागबत्ती नदिई अरुलाई काँध दिएर पशुपतिसम्म पु¥याउने सुरक्षकर्मीलाई बिर्सन्छौ। उनीहरुबीना केही पनि अगाडि बढ्दैन। अस्तिको त्यो घटना नेपालको इतिहासको कालो पन्ना हुनेछ’ मिथीलाले भावुक हुँदै भनिन् ‘अबोध बालबालिाकाले मृत्युवरण गर्नुप¥यो। राष्ट्रको त्यत्रो सम्पतीहरु खरानी बन्यो। त्यो खरानीबाट उठेको सुरक्षाकर्मीहरुलाई सुल्युट। तपाईंको प्रस्तुति असाध्यै राम्रो थियो।’
शोमा मिथिलाको आग्रहमा मदनकृष्णले सुन न तिमी राम्री लाग्यो र फुलबुट्टे सारी बोलको गीतका केही अंश गाएर सुनाएका थिए।
नेशन्स् गट ट्यालेन्ट राष्ट्रको प्रतिभा, सिजन २ मा अभिनेत्रीद्धय मिथिला शर्मा र नीता ढुंगाना तथा छमछमी नृत्य प्रतियोगिता विजेता निर्णायक रहेका छन्। नेशन्स् गट ट्यालेन्ट हरेक आईतवार साँझ ६ बजे स्पेस फोके टेलिभिजन र ७ बजे ओएसआर रियालीटी युटुयुब च्यानलमा प्रसारण भईरहेको छ। शो उत्कृष्ट ५ को चरणमा प्रवेश गरेको छ।
नेशन्स् गट ट्यालेन्ट -राष्ट्रको प्रतिभा, सिजन २ एएनपी मिडियाको व्यानरमा लबबहादुर कार्कीको निर्माण र निर्देशनमा तयार भईरहेको छ। शोमा प्रनिमा दाहाल उद्घोषिका रहेकी छन्।
ख्यातिप्राप्त हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले डान्स गर्न नसिकेकोमा पछुतो लागेको बताएका छन्।
बालबालिकाको डान्स रियालीटी शो नेशन्स् गट ट्यालेन्ट – राष्ट्रको प्रतिभा, सिजन २ को अतिथीका रुपमा पुगेका हास्यकलाकार श्रेष्ठले डान्स गर्न नसिकेकोमा पछुतो मानेका हुन्। नेशन्स् गट ट्यालेन्ट ः राष्ट्रको प्रतिभा, सिजन २ अन्र्तगतको उत्कृष्ट ९ राउन्डमा सिराहकी एनी चौधरीले फुर्तिलो डान्स गरेपछि प्रतिक्रिया दिने क्रममा उक्त भावना व्यक्त गरेका हुन्। प्रतिक्रिया दिने क्रममा उनले भने ‘म त डान्स हेरेर बोल्नै सकिन। एकदम हेरेको हेरयै भएँ। मलाई पार्किन्सन्स छ? डान्स हेर्दाहेर्दै मनमा यस्तो भयो कि मिथीलाजी (अभिनेत्री मिथिला शर्मा) सँगको जस्तो सँंगत भएर पनि मैले कसरी डान्स सिकिनँ? मैले डान्स जानेको भए मलाई पार्किन्सन्स नै हुँदैन थियो। जिउ प्mलेक्जिवल हुन्थ्यो एकदम। डान्स गर्नेहरुलाई कहिल्यै पनि पार्किन्सन्स निस्किँदैन।’ मिथिला सो डान्स रियालीटी शोको नियमित वरिष्ठ निर्णायक हुन्।
कार्यक्रम प्रस्तोता प्रनिमा दाहालले सञ्चालन गरिरहेको कार्यक्रममा काठमाडौंका ७ वर्षिया एरोन रिजालले डान्स पस्केपछि मदनकृष्णले सबै प्रतिस्पर्धी एक सय एक भएको पाएको बताए। ‘बच्चाहरुले पनि यत्तिको राम्रो डान्स गर्छन् भन्ने अन्दाज नै नगरेको मैले त। हरेको हे¥यै भइरहेँ।’
सोलुखुम्बुकी ७ वर्षिया पासाङ ल्हामु शेर्पाको नृत्य हेरेपछि मदनकृष्णले आफुलाई सबैभन्दा राम्रो नृत्य मिथिला शर्माको लाग्ने खुलाए। ‘मलाई नेपालमा डान्स गर्नेमध्ये सवैभन्दा राम्रो डान्स मिथिलाजीको लाग्छ। पासाङले डान्स गर्दा ठाउँ ठाउँमा मिथीलाजीको अदा आइराखेको थियो। मख्खै पा¥यो, ध्यान कतै पनि ड्रप गरेन’ लबबहादुर कार्कीको निर्माण र निर्देशनमा एएनपी मिडिया हाउसको प्रस्तुति रहेको कार्यक्रममा मदनकृष्णको प्रतिक्रिया थियो।
अर्की एक प्रतिस्पर्धीको नृत्यपछि प्रतिक्रिया दिने क्रममा पनि मदनकृष्णले मिथिलाको नृत्य शैलैको तारिफ गरे। भने ‘मिथिलाजीकोमा अनुहारले नै गीतको शव्द बोलिरहेको हुन्छ। आँखा नाचिरहेको हुन्छ। कोही ठुस्स परेर नाचिरहेको हुन्छन्, तर मिथिलाजीले हासेर शव्दअनुसार गर्ने प्रस्तुति राम्रो लाग्छ।’ मिथिला पनि मख्ख परिन्। भनिन् ‘तारिफ उता गरे पनि फलो मलाई गरिरहेको छ। म मख्ख परेकी छु।’
नेशन्स् गट ट्यालेन्ट – राष्ट्रको प्रतिभा, सिजन २ अन्र्तगतको उत्कृष्ट ९ राउण्डमा डोटीकी उदिप्ती राउत हर्रर थिममा डान्स गर्दा अर्की निर्णायक अभिनेत्री नीता ढुंगानाको सातो गयो। उदिप्तीले अचानक आप्mनै हट सिट अगाडि आएर हे भन्दा उनी नराम्ररी तर्सिइन्। नीताले तर्सिएर आबुई भन्दै मदनकुष्णलाई समाउन पुगिन्। आफु तर्सिएको देखेर आपैmँ हासिन्। उनीसँगसँगै अरु निर्णायक पनि र्तिर्सए र तर्सिएको सम्झेर हासे। प्रतिक्रियामा नीताले भनिन् ‘उदिप्तीले त आज मेरो सातो लियो। मेरो अगाडि केही न केही भइरहेको छ भन्ने त थाहा थियो तर यो एक्सपेक्ट ग¥या थिइन मैले। म आप्mनै धुनमा थिएँ। उदिप्ती त्यो कलर नै कलर भइरहेको फेसमा ह ह गर्दै अगाडि आउँदा त साँच्चै नै सातो गयो। अहिलेस पनि मुटु ढुकढुक भइराछ’ नीताले हास्दै सुनाइन्। मदनकृष्णले भने २१६७७७ नामक सिरीयलको सम्झना गर्दै सुनाए ‘म पनि तर्सेँ। म पनि तर्सेको छु त्यो घाँस काट्ने खुर्केरमा। त्यसमा हामीले धेरै बच्चाहरुलाई तर्साएका थियोैँ। आज बच्चाले हामीलाई तर्सायो।’ महको उक्त सिरीयलमा हरिवंश आचार्यले घाँस काट्ने खुर्केर भन्ने गीत गाउँदै राती राती तर्साउने दृश्य छन्। त्यसको सम्झना गर्दै नीताले पनि सुनाइन् ‘घाँस काट्ने खुर्केर भन्ने त्यो साउण्ड सुन्दै डर लाग्ने।’ मदनले ह्या…. गरेर हात आप्mनो अगाडि नचाउँदा नीता फेरि तर्सिन्छिन्।
नेशन्स् गट ट्यालेन्ट राष्ट्रको प्रतिभा, सिजन २ मा अभिनेत्रीद्धय मिथिला शर्मा र नीता ढुंगाना तथा छमछमी नृत्य प्रतियोगिता विजेता निर्णायक रहेका छन्। नेशन्स् गट ट्यालेन्ट हरेक आईतवार साँझ ६ बजे स्पेस फोके टेलिभिजन र ७ बजे ओएसआर रियालीटी युटुयुब च्यानलमा प्रसारण भईरहेको छ। शो उत्कृष्ट ५ को चरणमा प्रवेश गरेको छ।







