काठमाडौ / कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’ का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन् । यसअघि निर्माण पक्षले अभिनेता निखिल उप्रेतीलाई अनुबन्ध गरेको थियो । जसिताको अपोजिटमा निखिल उप्रेती रहने छन् । तर यस विषयमा निर्माण पक्षले आधारिक धारणा सार्वजनिक गरेको छैन ।
एक्सन तथा सामाजिक कथामा बन्ने फिल्ममा निखिल र जसिता देखिने छन् । यस बाहेक अन्य कलाकार को–को हुनेछन् भन्ने पनि निर्माण पक्षले जानकारी दिएको छैन । निर्देशक चौलागाईँले भनिन्,‘फिल्मको कथा अनुसार नै कलाकार फाइनल गर्दै लगेका छौँ ।’
केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन् । यस फिल्मलाई चर्चित छायांकार (डीओपी) पुरुषोत्तम प्रधानले गर्नेछन्। यसअघि कृषाले ‘ऐचो पैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी छन् भने उनको निर्देशकीय यो फिल्म तेस्रो हुनेछ । फिल्मको सुटिङ आगामी फागुनबाट फ्लोरमा जाने निर्माण पक्षको तयारी छ ।
कृषाको ‘पारस’ मा जसिता

प्रकाशित : आइतबार, माघ ११, २०८२१४:०९






