काठमाडौं । आफ्ना १९ प्रतिस्पर्धीलाई उछिन्दै ललितपुरकी सुरवी बज्राचार्यले मिस लिटिल नेवाः ११४५ को उपाधि चुमेकी छन् । राजधानीमा सोमबार सम्पन्न नेवार समुदायका बालिकाहरुबीच भएकाको सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा उनले १५औं मिस लिटिल नेवाः को उपाधि चुमेकी हुन् ।
विजेता भएसँगै उनले मिस लिटिल नेवाः ११४५को ताजका साथै नगद २५ हजार रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरेकी छन् । नेप्लिज फेसन होमको आयोजना र फाइट फर लाइफको सहआयोजनामा आयोजित प्रतियोगितामा काठमाडौंको मैतीदेवीकी कृष्टिना महर्जन फस्ट रनर्सअप भइन् । उनले मिस ट्यालेन्ट उपउपाधि जिततिन् भने कुलेश्वरकी रिपान्सी श्रेष्ठ सेकेन्ड रनरअप भइन् । उनीहरुले उपविजेता र सहविजेता हुँदै ताज सहित क्रमशः १५ र १० हजार रुपैयाँ नगद र विभिन्न उपहार प्राप्त गरे ।
प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको प्रेक्षालयमा सम्पन्न प्रतियोगितामा अर्सिया महर्जन मिस ट्यालेन्ट फस्ट रनरअप, प्रिन्सिका शाही मिस ट्यालेन्ट सेकेन्ड रनरअप, लिडिया महर्जनले बेस्ट नेपालभाषा, रोज्लिन शाक्यले बेस्ट ड्रेस, देजला शाक्यले सोसल वयरफेर एम्बासडर चिफ, सहिना शाक्यले सोसल वयरफेर अम्वासडर फस्ट रनरअप र बिदिशा महर्जनले सोसल वयरफेर अम्वासडर सेकेन्ड रनरअप उपउपाधि जिते । त्यसैगरी आन्या महर्जनले मिस डिसिप्लिन, सचिका महर्जनले मिस पब्लिक च्वाइस, श्रीषा श्रेष्ठले मिस कल्चर, आरग्या महर्जनले मिस कन्फिडेन्ट र बेष्ट स्किन, क्रिस्टिना खड्गीले मिस पर्सनालिटि, सफू बज्राचार्यले मिस इनोसेन्ट र तस्विर मिस फोटोजेनिक, निभा डंगोलले बेस्ट हेयर र मिस क्युट, सस्था मानन्धरले वेष्ट स्माइल, श्रेया बलामीले मिस चार्मिङ र क्रिस्टिना खड्गीले मिस फ्रेन्डसिपको उपउपाधि जिते ।
लायन्स क्लव इन्टरनेसनल ३२५ का पास्ट डिस्ट्रिक गभर्नर मनिश्रीरत्न बज्राचार्य मुख्य निर्णायकको रहेको प्रतियोगितामा अधिवक्ता लक्ष्यमान महर्जन, डा. शिक्षिता श्रेष्ठ, नमुना फेसन कलेजका भाइस प्रिन्सिपल जिवेश्वरलाल श्रेष्ठ, नेवार भाषा प्रशिक्षक राजु नापित र ज्यापू समाज यलका अध्यक्ष शान्तमान महर्जन निर्णायक रहेका थिए ।
आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको भाषा, लिपि, कला र संस्कृति जोगाउने अभियानमा अभिप्रेरित गरि नेवार हुनुमा गर्व गराउने उद्देश्यले १५ वर्षदेखि नियमितरुपमा प्रतियोगिता आयोजना गर्दै आएको बताइन् । डा. किशोरराज प्रधानको सभापतित्व, आरडी फाउन्डेसनका अध्यक्ष देवकाजी डंगोल प्रमुख आतिथ्यता तथा ख्यातिप्राप्त गायिका मीरा राणा र फाइट फर लाइफका अध्यक्ष दीलकुमार महर्जनको विशेष अतिथ्यतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा स्केटिङ खेलबाट नेपाललाई चिनाउन सफल खेलाडी एवं पूर्वमिस लिटल नेवाः ११४१ तथा मिस ट्यालेन्ट नयाना शाक्यलाई सम्मान गरिएको थियो । प्रतियोगिता मिस नेवाः सकिना महर्जन, मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः कृषा महर्जनको संयोजनमा सम्पन्न भएको थियो ।
सुरवीले चुमिन् मिस लिटिल नेवाः ११४५ को ताज

प्रकाशित : मङ्गलबार, माघ ०६, २०८२१५:०३






