छायाँछवि क्रियशनले विगत १२ वर्षदेखि गर्दै आएको विल्कुलै सााँकृतिक पर्व तीजमा आधारीत रहेर आयोजना गरीने
छायाँछवि तीज म्यूजिक अवार्डको १२औै संस्करणका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको छ
। नेपाली खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका
वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ । पहिले पहिले खासगरी घरबाट
पीडित बुहारीहरुको पीडा गीत मार्फत प्रस्तुत गर्ने गरेको भएपनि समयक्रममा त्यसमा आएको परिवर्तन सँगसँगै
भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ । यहि क्रमका गीतहरु गाउँघरका जमघटबाट अझै
पर हटेर मुलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका
अवसरमा सयौं गीत प्रकाशित हुने गरेका छन् । यहि तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा
प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमका अभ्यक्ष शान्तिप्रियले बताएका छन् ।
छायाँछविका अध्यक्ष शान्तिप्रियले १२औं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न २५ विधामा स्रष्टालाई पुरस्कृत
गरिने बताए । कार्यक्रममा बिभिन्न सम्मान एवं पुरस्कार पनि प्रदान गरीने वताए । १२औ छायाँछवि तीज म्यूजिक अवार्डको लागी साउन महिनाभर छायाँछवि को कार्यालय डिल्लीबजार अथवा इमेल मार्फत पनि गीत दर्ता गर्न सकिनेछ ।