काठमाडौं / कथाकार गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित भई निर्माण गरिएको फिल्म ‘परालको आगो’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । सुशील पोखरेलले निर्माण गरेको यो चलचित्र प्रदर्शनसँगै बिहानदेखि दर्शकले हल भरिभराउ देखिएका छन् । फिल्मले देशभरका डेढ सयभन्दा बढी सो पाएको छ । उच्च बुकिङलाई ध्यानमा राख्दै चलचित्र हलहरूले फिल्मलाई धेरै सो दिएका हुन् ।
फिल्मका निर्माता पोखरेलले अधिकांश हल हाउफुल रहेको बताए । निर्माण टिम शुक्रबार बिहानैबाट हलहलमा दर्शक भेट्न पुगिरहेका छन् । युनिभर्सल सर्टिफिकेट पाएको फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन् ।
हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील पोखरेलले लगानी गरेका हुन् । फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् भने फिल्मको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् ।
देशभर परालको आगो, सबैजसो हल भरिभराउ

प्रकाशित : शुक्रबार, बैशाख ११, २०८३०९:२५






