भाद्र २० मा खरेलको ‘चिट्ठी’ आउँदै

कमेडी, हरर र सस्पेन्सको मिश्रणमा बनेको चलचित्र ‘चिट्ठी’ भाद्र २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको व्यानरमा संचारकर्मी कमला जोशीले निर्माण गरेको चलचित्र ‘चिट्ठी’ को आधिकारिक ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । चलचित्रको वितरण कुबेर डिस्ट्रिब्युसनले गर्ने भएको छ ।
माधवराज खरेलको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा अर्गानिक कमेडियन रुपमा चर्चा कमाएका खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुसाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ ।
कमेडी–हरर र सस्पेन्ससहित प्रस्तुत गरिएको यस चलचित्रमा सामाजिक सन्देशलाई मनोरञ्जनसँगै पस्कने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । यसअघि चचित्रका ‘टुटेको तारा’ र ‘सिन्दुरको रङ’ गीतसार्वजनिक भइसकेका छन् भने ट्रेलरले दर्शकमाझ थप उत्सुकता जगाएको छ ।

प्रकाशित : शनिबार, भदौ ०७, २०८२१६:१९

‘पोखरेली मसिनो’मार्फत निर्देशनमा डेब्यु गर्दै शैलेन्द्रध्वज कार्की