‘अन्तिम संस्कार’ अमेजन प्राइममा

काठमाडौंं । प्रदीप शाही निर्देशित नेपाली चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न सकिने भएको छ । चलचित्रमा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ लामा, बिकाश अधिकारी, सरोज खालिङ राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल र धर्मानन्द आचार्य लगायत कलाकारको अभिनय रहेको छ ।
शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘१९१५ः लेजेन्ड अफ गोर्खाज’ पनि अमेजन प्राइममा उपलब्ध छ । हाल उनी निर्देशित तेस्रो फिल्म ‘एक्लो’ सम्पादनको अन्तिम चरणमा छ । साई प्रोडक्सन नेपालको ब्यानर र ह्याम्साएर एकाउन्टेन्टको सहकार्यमा बनेको यो चलचित्रका कार्यकारी निर्माताहरूमा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट र रबिन्द्र श्रेष्ठ रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्रको कथावस्तु सामाजिक तथा साँस्कृतिक पृष्ठभूमिमा आधारित छ । चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका हुन् भने सम्पादन रुपेश गुरुङको रहेको छ ।

प्रकाशित : मङ्गलबार, साउन २७, २०८२१९:४५

‘पार्वती’मा दीपाश्री, छायांकन असोजबाट