यसपालिको तीजमा सरिताको ‘नाच्न दे’

काठमाडौँ । गायिका सरिता भारतीले यसपालिको तीजका लागि नयाँ गीत नाच्न दे दर्शकश्रोतामाझ ल्याएकी छन् । गीतको लय पनि सरिताले नै गण्डकी प्रदेशबाट संकलन गरेकी हुन् ।
विभिन्न विधाका धेरै गीत गाइसकेकी सरिताले तीजका लागि ल्याएको यो गीत भने दोस्रो हो । पाँच वर्ष अघि उनले रातो सारी लरक्कै बोलको तीज गीत बजारमा ल्याएकी थिइन् । यस पटक भने उनले गण्डकी क्षेत्रमा प्रचलित रत्यौली भाका संकनल गरेर तीजको कोसेली स्वरुप दर्शकश्रोता पस्केकी हुन् । गीतको शब्द पनि सरिताकै हो ।
नाच्न दे…गीतमा ओम सुनारले संगीत भरेका छन् । गीतको भिडियोको शीर्ष भूमिका पनि सरिता आफैँले निर्वाह गरेकी छन् । भिडियोमा सरितालाई सोनी कारञ्जित, सृजना श्रेष्ठ, करुणा श्रेष्ठ, श्वेता श्रेष्ठ काफ्ले, निशा थापा बस्नेत, अविरा रिसालसहित विभिन्न कलाकारहरूले साथ दिएका छन् । मच्छेगाउँको आश्रय होमस्टेमा छायांकन गरिएको गीतको भिडियोका छायांकार तथा सम्पादक राजेन्द्र पाण्डे हुन् । भिडियोको निर्देशन तथा कोरियाग्राफी कृष्ण रसालले निर्देशन गरेका हुन् ।

प्रकाशित : शुक्रबार, साउन १६, २०८२२०:५२

साउन ३१ मा मिसस नेपालको अडिसन