युवा संघको मधेस प्रदेशमा वाग्ले

काठमाडौं । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको अन्तरजिल्ला मधेस प्रदेश अध्यक्षमा शेखर वाग्ले (सिड वाग्ले) नियुक्त भएका छन् । केन्द्रीय समितिको निर्णय अनुसार उनलाई मधेश प्रदेशको अध्यक्ष पदमा नियुक्त गरिएको हो ।
संगठनका समर्पित युवा नेताको परिचय बनाएका वाग्ले अब मधेश प्रदेशमा संगठन सुदृढीकरणको जिम्मेवारीका साथ अघि बढ्ने भएका छन् । अध्यक्षमा नियुक्त भएसँगै वाग्लेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । यो भेटले आफ्नो जिम्मेवारी पूरा गर्न थप हौसला प्राप्त भएको वाग्लेले बताएका छन् ।
वाग्ले यसअघि पनि संगठनको विभिन्न तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । सामाजिक सेवामा समेत समर्पित रहेका वाग्लेले अबको कार्यकालमा युवाहरूलाई संगठित गर्दै राष्ट्रिय नीति निर्माणमा उनीहरूको भूमिका प्रभावकारी बनाउन सक्रिय रहने प्रतिबद्धता पनि जनाएका छन् ।
को हुन् शेखर वाग्ले ?
६ बर्ष लामो बेलायत बसाईपछि विगत १२ बर्षदेखि नेपालमै रहेका वाग्लेले हिपहप संगीतमा पनि राम्रो पहिचान बनाएका छन् । वेलायत बसाईका क्रममा हस्पिटालिटी क्षेत्रमा काम गर्दै उनले विभिन्न कार्यक्रमहरूमा प्रस्तुति दिएका थिए । उत्कृष्ट प्रस्तुतिका कारण त्यतिबेला उनी स्थानीय रेडियो तथा टेलिभिजनहरुमा पनि छाएका थिए । साथै नेपाली कला सँस्कृति प्रवद्र्धन गर्न विदेशमा विभिन्न प्रकारका इभेन्टहरु आयोजना गरेका थिए । नेपाल फर्किएपछि ब्यवसाय सुरु गरेका वाग्ल ब्यबसायसँगै ¥याप संगीत, रेडियो कर्म र राजनीतिमा सक्रिय रुपमा लागि परेका छन् ।
नेपाल लगायत विश्व राजनीतिमा युवाहरुप्रति जनसमर्थन बढिरहेको समयमा राजनीतीमा अगाडि बढी रहेका वाग्ले सामाजिक सेवामा पनि सहभागी हुँदै आएका छन् । प्रधानमन्त्री केपी ओली, पोलिट ब्यूरो सदस्य तथा नेकपा एमाले सप्तरी जिल्ला इन्चार्ज सुमन प्याकुरेल, जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे लगायतको मार्गदर्शन र सहयोगका साथ अघि बढेका उनी आफू अब नेपाली समाज परिवर्तनका लागि समर्पित हुने बताउँछन् ।

प्रकाशित : बुधबार, साउन १४, २०८२११:१४

माग्नेले गरे ५१ हजार सहयोग