नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती र डेब्यू अभिनेत्री आकृति बुढाथोकीको प्रमुख रहने बदलाको कथामा बन्न लागेको चलचित्र ‘मुक्तिपुर’ को छायांकन सुरु भएको छ ।
काठमाडौं । सुनील पाण्डेको निर्देशनमा नेपाली कथानक चलचित्र ‘मुक्तिपुर’ को छायांकन सुरु भएको छ । काठमाडौंको वसुन्धारास्थित इन्द्रायणी मन्दिरमा मंगलबार चालचित्रको शुभमुहूर्त गरी छायांकन थालिएको हो ।
साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेस्ट फिल्म एकेडेमीको सहकार्यमा बन्ने यो चलचित्र छोटा चलचित्र तथा वृत्तचित्र निर्देशन गरेका निर्देशक पाण्डेका लागि डेब्यू निर्देशन हुनेछ । चलचित्रको कथा पनि निर्देशक पाण्डेले नै लेखेका हुन् । विजय राजवंशी र रोशन पासवान निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ कार्यकारी निर्माता छन् भने केशव गौतम सह– निर्माता छन् । यस्तै सञ्जय गुरुङ र सुरज चौधरी लाइन प्रोड्युसर रहेका छन् । सम्राट बस्नेत द्वन्द्व निर्देशन, शरद महतोको छायांकन, अकी थाक्पाको कला निर्देशन रहने चलचित्रका प्रोडक्सन हेड रुपक प्रताप अधिकारी छन् ।
चलचित्रमा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेतीको प्रमुख भूमिका रहनेछ । आकृति बुढाथोकीले यो चलचित्रबाट अभिनेत्रीको भुमिकामा रजतपटमा डेब्यू गर्दैछिन् ।
चलचित्रमा घनश्याम जोशी, सरस्वती अधिकारी, अनील कुर्मी, स्वायम केसी, हरोन अली, उदय अली, सारा शर्मा, अनामिका लामिछाने, विकाश खनाल, रुपेश लामा, आयन परियार, श्रवण रम्तेल, भोला शाह, सफल, गोपाल महतरा, विमल यादव, ओजस्वी विक्रम विष्ट, सुदीप तिमिल्सिना र प्रवीणकुमार चौधरीको पनि अभिनय रहनेछ ।
४० दिनको छायांकन तालिकासहित फ्लोरमा निस्किएको चलचित्र छायांकन सम्पन्न भएको मितिले ६ महिनभित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।







