काठमाडौं ः आगामी पुस १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथा प्रस्तुत गरिएको छ । कथाले २०५२ सालपछिका सरकार र तात्कालीन बिद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटेको टिजरमा देख्न सकिन्छ ।
मुखियाको ऋण तिर्नका लागि मुगलान भाँसिएका प्रभात पाल फर्किएर आउँदा घर रिक्तो देख्छन् । ट्रेलरमा फिल्मका मुख्य अभिनेता प्रभात पाल, अभिनेत्री स्मारिका ढकाल प्रेमी प्रेमिका रहेको र बिछोडको कथा पनि ट्रेलरमा देख्न सकिन्छ । प्रभात पाल, स्मारिका ढकालका अलवा टिजरमा रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खबपु लगायतलाई देख्न सकिन्छ ।
रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा अन्य कलाकार श्री शिवांशु, मोती सुबेदी,राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतमलाई पनि देख्न सकिन्छ । आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन् । फिल्मको को–प्रोड्युसर रीता चौधरी हुन् ।
फिल्ममा संगीत किरण भुसालले दिएका छन् भने स्वर शान्तिश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी) को रहेको छ । गीत रचना आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी)ले गरेका छन् । फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ ।
‘मुगलान’ मा विछोडिए प्रभात र स्मारिका

प्रकाशित : बिहिबार, मङि्सर २५, २०८२१८:२६






