बोर्डको डकुमेन्ट्रीप्रति चन्द्रागिरि भालेश्वर संरक्षण समितिको गम्भीर आपत्ति

भालेश्वर मन्दिर संरक्षण समितिको विज्ञप्ति
भालेश्वर मन्दिर संरक्षण समितिको विज्ञप्ति

काठमाडौं । नेपाल टेलिभिजन र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा तयार पारेको चन्द्रागिरि नगरका पर्यटकीय स्थल लगायतका विषय समावेश गरिएको डकुमेन्ट्रीबारे भालेश्वर मन्दिर संरक्षण समितिले आपत्ति जनाएको छ ।
चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल टेलिभिजन र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा तयार पारेको चन्द्रागिरि नगरपालिकाको प्रमुख पर्यटकीय स्थल लगायतका विषय समावेश भएको भनिएको डकुमेन्ट्रीमा प्राचीन भालेश्वर महादेवको सांस्कृतिक एवं धार्मिक महत्वको प्रचलित मान्यता विपरीत भ्रम फैलाउने गरी सामग्री प्रशारण गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
६४ लिंगमध्ये दुईवटा पीठ गोलोकेश्वर र चन्दन भराटेश्वर मात्रै चन्द्रागिरि नगरपालिकाभित्र रहेको तर विभिन्न वेद, पुराण र महात्म्यहरूमा उल्लेखित तथ्यको उपहास हुने र वास्तविक भालेश्वरको महिमा खण्डित हुनेगरी गलत सामग्री तयार गरिएको भन्दै समितिले प्रसारित डकुमेन्ट्रीप्रति आपत्ति जनाएको हो ।
हिमवत खण्ड, चन्द्रागिरि पर्वत शृंखला अन्तर्गत भालेश्वर डाँडामा अवस्थित भालेश्वर महादेवको ऐतिहासिक, धार्मिक महत्त्व स्थानीय लोक परम्परा, क्षेत्रगत मान्यता र विविध स्थानीय पर्व तथा पुजा विधिहरूमा सन्दर्भित एवं निहित रहेको तर, प्रस्तुत सामग्रीले थाहा नगरपालिका, ईन्द्रसरोवर गाउँपालिका र सिंगै चन्द्रागिरि नगरपालिकाका स्थानीय बासिन्दाहरूको साँस्कृतिक भावना र मर्ममाथि प्रहार गर्ने दुरुत्साहनपूर्ण कार्य गरेको समेत चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिले विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यस्तै, चन्द्रागिरि भालेश्वर महादेवको वास्तविकता र त्यसको सनातन धार्मिक निरन्तरतामा आधारित रहेर स्थानीय बासिन्दाहरूले गर्दै आइरहेका साँस्कृतिक गतिविधि, पर्व, पूजा र क्षेत्रगत मान्यताबारे थाहा पाएर वा जन्जानमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले व्यक्त गरेका अभिव्यक्तिप्रति पनि समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित : शुक्रबार, भदौ ०६, २०८२१४:१३

Nepalese residents of Gettysburg celebrate with Deepak, Deepa, and Jitu