काठमाडौं । सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै हास्य कलाकार केदारप्रसाद घिमिरे ’माग्ने बुढा’ ले गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी एमस नेपाल इन्टरनेसनल २०२३ कि विजेता सीता सुवेदीलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
घिमिरेले सीता उपचाररत सुद्धिग्राम आयुर्वेदिक अस्पतालमै पुगेर सहयोग प्रदान गरेका हुन् । त्यस अवसरमा एमस नेपाल इन्टरनेसनल प्रतियोगिताका आयोजक निशुकान्त झा पनि सहभागी थिए । सहयोग हस्तान्तरणपछि घिमिरेले भने, ‘उहाँजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व कठिन परिस्थितिमा रहनु पीडादायक कुरा हो । मेरो सहयोग सानो भए पनि प्रेरणा र हौसला बन्न सकोस् ।’ उनले यस्तो संकटको घडीमा अरुलाई पनि सहयोगमा जुट्न आग्रह गरे । एमस नेपाल इन्टरनेसनलका तर्फबाट झाले कलाकार घिमिरेद्वारा प्रदान गरिएको आत्मीय सहयोग प्रेरणादायी रहेको बताए । हास्य कलकार घिमिरेले केही समयअघि ललितपुरमा आयोजित नयाँ संस्करणको मिसेस नेपाल आयोजनाको घोषणाका क्रममा क्रममा एमस नेपाल इन्टरनेसनल विजेता सुवेदीलाई ५० हजारसहयोग गर्ने घोषणा गरेका थिए ।
विगत केही समयदेखि फोक्सोको क्यान्सरको उपचार गराइरहेकी सीताले सन् २०२३ मा एमस नेपाल इन्टरनेसनलको ताज जितेकी थिइन् । सामाजिक क्षेत्रमा पनि क्रियाशील रहँदै आएकी सीता हाल उपचार गराइरहेकी छन् ।
माग्नेले गरे ५१ हजार सहयोग

प्रकाशित : शनिबार, साउन १७, २०८२१६:२६