रानुले ल्याइन् चोली ढाकाको

काठमाडौँ । गायिका रानु निरौलाले लोकदोहोरी गीत चोली ढाकाकोदर्शकमाझ ल्याएकी छन् । गीतमा महेश मुखिया सुनुवारको संगीत रहेको छ । पूर्वेली लोक लयमा आधारित गीतमा रानुलाई महेश मुखिया सुनुवारले साथ दिएका छन् ।
गीत सहदेब कालिकोटेले लेखेका हुन् भने आदेश गुर्मछानको संगीत संयोजन रहेको छ । सुवास कुथुमी राईले रेकर्ड मिक्सिङ र मास्टरिङ गरेको गीत मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियोमा विजय पुन र रमाला लिम्बूले मोडलिङ गरेका छन् । सूर्य ओलीले निर्माण नियन्त्रण गरेको भिडियोमा महेश महराको छायांकन, साइमन राजवंशीको कोरियोग्राफी र अर्जुन खड्काको सम्पादन तथा रंग संयोजन रहेको छ । भिडियो जीवन शाहीले निर्देशन गरेका हुन् ।

प्रकाशित : शुक्रबार, साउन ०९, २०८२१८:३४

यसपालिको तीजमा सरिताको ‘नाच्न दे’